जनकपुर, फागुन ३ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले प्रभावकारी उपलब्धि हासिल गर्न नसकेको बताएका छन् ।
प्रदेश सरकारले एक वर्ष पूरा गरेको अवसरमा शुक्रबार सन्चारकर्मीहरुसित कुरा गर्दै उनले संरचना तयार र व्यवस्थापनमै आधा समय बितेको र बाँकी समयमा संघीय सरकारका कारण उपलब्धि हासिल गर्न नसकेको जिकिर गरे ।
१६ ओटा कानुन निर्माण गरेको, ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान, दलित छात्रवृत्ति अभियानलगायतका कामहरुमा सफल भएको उनको दाबी थियो ।








प्रतिक्रिया दिनुहोस्