
आक्रमणकारीले ब्रिटेन, अमेरिका, चीन, रुससहितका देशमा आक्रमण गरेका हुन् । आक्रमणकारीको निशानामा इटली, भियतनामसहितका थुप्रैै मुलुक परेको खबर छ । साइबर आक्रमण भएलगत्तै ती देशका कम्प्युटरले काम गर्न छाडेका छन् ।
प्रभावित भएका संस्थाहरुले कम्प्युटर बन्द भएको र बिटकन माग गर्ने स्क्रिनसट्स राखेका छन् ।
कम्प्युटर खोल्नेबित्तिकै फाइल रिकभर गर्न चाहने हो भने पैसा तिर्नुपर्ने मेसेज देखिने गरेको प्रभावितहरुले बताएका छन् । कतिपयमा सबै फाइल ध्वस्त पार्ने धम्की आएको छ । त्यसबाट जोगिने हो भने पैसा तिर्नुपर्ने शर्त राखिएको छ ।
फिरौती तिरेमा भाइरस निष्प्रभावी बनाइने शर्त ह्याकरको छ ।
ब्रिटेनको नेसनल हेल्थ सर्भिस नराम्ररी प्रभावित हुँदा बिरामीको अनलाइन रेकर्ड पहुँचभन्दा बाहिर भएको छ । हजारौं हजार स्थानका कम्प्युटरले काम गर्न छाडेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्