२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा, २ सय ८३ तहमा एकसाथ मतदान


0
Shares

भोलि विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा निर्वाचित हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५६ पदका लागि आवश्यक सबै तयारी पूरा भएको आयोगले जनाएको हो ।

बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ को ३४ जिल्लामा निर्वाचन हुन लागेको हो । यस पटक चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा नेतृत्व चुनिने छ ।

यसैगरी २ हजार ५९८ वडामा पनि निर्वाचित प्रतिनिधि चुनिने छन् । नगर प्रमुख र उपप्रमुखमा ९७, गाउँपालिका प्रमुख÷उपप्रमुख १८६ जना चुनिने छन् ।

यसैगरी महिला सदस्य २ हजार ५९८, दलित महिला सदस्य २ हजार ५९८ र दुई जना वडा सदस्य ५१९६ जना चुनिने छन् ।

१३ हजार ५५६ जना जनप्रतिनिधि चुन्न पहिलो चरणमा तीन वटा प्रदेशका ४९ लाख ५६ हजार ९२५ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । यसका लागि ६ हजार ६४२ मतदान केन्द्र तोकिएको छ । ३२९ जना भने निर्विरोध चुनिसकेका छन् ।

विहीवार रातिदेखि निर्वाचन आयोगले मौन अवधि लागू गरेको छ । मौन अवधिभर उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निर्वाचन आयोगले निषेध गरेको छ ।