२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


जंगीअड्डा प्लास्टिकमुक्त क्षेत्र घोषित


0
Shares

काठमाडौं, फागुन ३ । नेपाली सेनाको मुख्यालय भद्रकालीलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जंगीअड्डामा आयोजित कार्यक्रममा उक्त घोषणा गरेका हुन् ।

सो अवसरमा उनले प्लास्टिक प्रयोगलाई सांगठनिकरुपमा नै निरुत्साहित गर्ने भन्दै सेनाका सम्पूर्ण युनिटहरुलाई अभियानकारुपमा अघि बढाउन निर्देशन दिए ।

यस्तै, प्लास्टिकलाई पुनः प्रयोगमा ल्याउनसकिने गरी व्यवस्थापन गर्नसमेत उनले विभागहरुलाई निर्देशन दिएका छन् ।