काठमाडौं, फागुन ३ । नेपालमा कुलपुत्र प्रवज्या र शान्ति दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुने भएको छ ।
यही फागुन ११ देखि चैत ३ गतेसम्म हुने उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न १० ओटा संघ–संस्थाबीच शुक्रबार काठमाडौंमा समझदारी भएको छ ।
कार्यक्रमअनुसार फागुन १७ गते शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीमा कार्यक्रम गरिनेछ भने चैत २ गते काठमाडौंको टुँडिखेलमा शान्ति दीप प्रज्ज्वलन गरिनेछ ।
उक्त दिन १११९ प्रवज्जित तथा १० हजारभन्दा बढी शान्तिप्रेमीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्