Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


मतदान केन्द्र नियन्त्रणमा लिइ निर्वाचन सामग्री लुटेर नस्ट


0
Shares

                                                                                   फाइल फोटो
सदरमुकाम गमगढी बजारदेखि तीन घन्टाको पैदलदूरीमा पुगिने रारा छायानाथ नगरपालिका–१२ मा पर्ने शोभागाउँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतपत्र, मतपेटिकालगायत सबै निर्वाचन सामग्री लुटेर नस्ट गरिएको हो ।

सुरक्षाकर्मी खाना खाइरहेका समयमा करिब चार सयको संख्यामा आएका तिनले मतदान केन्द्र नियन्त्रणमा लिइ सबै निर्वाचन सामग्री लुटेका हुन् ।

घटनापछि नेपाली सैनिकलगायत आवश्यक निर्वाचन सामग्री तथा थप सुरक्षाकर्मी उक्त मतदान केन्द्रमा पठाइसकिएको र आइतबार निर्धारित् समयमा नै मतदान प्रक्रिया सुरु हुने प्रजिअ शरदकुमार पोखरेलले बताए ।

उक्त मतदान केन्द्रमा तीन सय २४ मतदाता छन् । रासस