२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


लेखनदास र सेवाग्राहीको विरोध, वीरगन्ज मालपोत कार्यालयमा काम ठप्प


0
Shares

अनिल तिवारी (इमेज)

वीरगन्ज, फागुन ३ । लेखनदास र सेवाग्राहीको विरोधका कारण वीरगन्ज मालपोत कार्यालयको कामकाज ठप्प भएको छ ।

कर्मचारीले सेवाग्राहीहरुबाट घुस माग्ने गरेको गुनासो गर्दै शुक्रबार बिहानैदेखि लेखनदास र सेवाग्राहीले मालपोत कार्यालयमा विरोध प्रदर्शन गरेपछि काम प्रभावित भएको हो ।

सेवाग्राहीहरुले घुस उठाउन कर्मचारीले विभिन्न शाखामा झन्डै दर्जन बिचौलिया राखेको दाबी गरेका छन् ।

वीरगन्ज मालपोत कार्यालयका प्रमुख गमबहादुर विक आफ्नो कार्यालयमा घुस लेनदेन भएको विषयमा जानकारी नभएको भन्दै पन्छिएका छन् ।

सेवाग्राहीले भने उक्त कार्यालयमा घुस लेनदेन आमचलन बनिसकेको आरोप लगाएका छन् ।