
केही जिल्लामा वितरण गरिएका मतदाता परिचयपत्रमा त्रुटि फेलापरेपछि मतदाता अलमलमा परेका छन् ।
तर, निर्वाचन आयोगले मतदाता परिचयपत्रमा त्रुटिफेला परेकाहरुलाई वैकल्पिक व्यवस्था गरेको छ ।
आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वितरण गरिएका केही मतदाता परिचयपत्रमा त्रुटि फेलापरेका हुन् ।
मतदाता नामावलीमा नाम भएको तर परिचयपत्रमा नाम फरक परेको र फोटो अर्काको परेकोलगायतका समस्या देखिएको छ ।
त्यस्तै, कतिपय मतदाताको परिचयपत्र मतदाना केन्द्रसम्म नपुग्दा उनीहरु निराश भएका छन् ।
प्राविधिक कारणले केही मतदाताको परिचयपत्रमा त्रुटि फेलापरेको मतदान अधिकृतहरु बताउँछन् ।
निर्वाचन आयोगले वितरण गरेको मतदाता परिचयपत्रमा केही त्रुटि फेलापरेपछि मतदाता अन्योलमा परेका छन् ।
तर, निर्वाचन आयोगले भने परिचयपत्रमा त्रुटि फेलापरेका मतदातालाई मतदानको अधिकारबाट बन्चित नगराइने जनाएको छ ।
आयोगले मतदाता परिचयपत्रमा त्रुटि देखिएकाहरुलाई नागरिकता, राहदानी, सवारी–चालक इजाजतपत्र, जग्गाधनी प्रमाणपुर्जा, सामाजिक सुरक्षा कार्डजस्ता फोटो भएको परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ । एक रिपोर्ट (विस्तृत भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्