केशव भण्डारी (इमेज)
बुटवल, फागुन ३ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयताले खर्च बढ्यो भन्नु गलत भएको दाबी गरेका छन् ।
शुक्रबार बुटवलमा आयोजित प्रदेश–५ सरकार स्थापना दिवसको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ‘कर्मचारी बढ्दा प्रशासनिक खर्च बढे पनि जनताको खर्च घटेकाले संघीयताले खर्च बढ्यो भन्ने तर्क गलत हो’–भने ।
संघीयता वा प्रदेश सरकार देख्न नचाहनेले संघीयताले खर्च बढायो भनेर भ्रम छरेको आरोप उनले लगाए ।
शून्य संरचनाबाट काम सुरु गर्नुपरेकाले विकासको गति लिन नसके पनि जनतामा भरोसा पैदा गर्न सकेकोे उनको भनाइ थियो ।
संघीयताको महत्वपूर्ण आधार प्रदेश सरकार हो भन्ने स्थापित गरेको दाबी पनि उनले गरे ।
उनले प्रदेशको स्थायी राजधानी र नाम तोक्ने विषय प्रदेशसभाको अधिकार क्षेत्र भएकाले सडकमा बहस र विवाद गर्न उचित नहुने दोहोर्याए ।








प्रतिक्रिया दिनुहोस्