२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


जीवनमै पहिलोपटक भोट हाल्न लागेकाहरु यसो भन्छन् (भिडियोसहित)


0
Shares

स्थानीय तहको निर्वाचनमा जीवनमै पहिलोपटक भोट हाल्न पनि ठूलो संख्यामा मतदाता तयार भएर बसेका छन् ।

युवापुस्ता स्थानीय तहको चुनावमा भोट हाल्न निकै उत्सुक देखिएको छ । पहिलोपटक भोट हाल्न लागेका उनीहरु आफ्नो गाउँठाउँको विकास गर्ने र स्वच्छ छविको उम्मेदवारलाई चयन गर्ने बताएका छन् ।

काठमाडौंका २१ वर्षीय प्रशान निरौलाले उम्मेदवारहरुका कार्यान्वयन हुनसक्नेखालका भावी योजना हेरेर मतदान गर्न तयार रहेको बताए । उनी पहिलोपटक मतदान गर्न लागेकाले आफू उत्साहितसमेत भएको बताए ।

प्रशानकोजस्तै सोच बनाएका छन्, २२ वर्षीय ऋषव जोशीले पनि । उम्मेदवारको योजना, चुनावी प्रचार–प्रसारका लागिमात्र हो कि होइन, त्यो बुझेरमात्र मतदान गर्ने बताउँछन् ।

पहिलोपटक मतदान गर्न लागेका २१ वर्षीय पुष्प श्रेष्ठले अहिलेसम्म कसलाई मतदान गर्ने भन्नेमा आफूले निर्णय गरिनसकेको बताए ।

भोट माग्न आउनेहरुले धेरै आश्वासन दिने गरेको भएपनि उनीहरुले काम गर्न सक्छन् कि सक्दैनन् भन्नेमै आफूलाई विश्वास नलागेकाले मतदानमा सहभागी हुने या नहुने भन्नेमा द्विविधामा रहेको बताए ।

पहिलोपटक मतदानमा सहभागी हुन लागेको युवा पुस्ता स्थानीय निर्वाचनप्रति बढी आशावादी देखिएको छ ।

निर्वाचनमार्फत् आफ्नो गाउँठाउँको विकास गर्ने र देशमा शान्ति कायम गर्न सहयोग पुर्‍याउने जनप्रतिनिधि चयन हुने उनीहरुको विश्वास छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्