२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


बस दुर्घटनाका मृतकको सनाखत


0
Shares

गणेश बानियाँ (इमेज)

जाजरकोट, फागुन ३ । जाजरकोटमा बिहीबार बेलुका भएको बस दुघर्टनामा परी मृत्यु भएका चारमध्ये तीनजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा डोल्पा, जगदुल्ला छाँचुका मुनबहादुर बोहरा, बाँके, खजुराका हरिबहादुर रावत र सोही ठाउँका सहचालक सागर भण्डारी रहेका छन् ।

मृतकमध्ये एक पुरुषको भने अझै सनाखत हुन सकेको छैन ।

बस दुर्घटनाका गम्भीर घाइते पश्चिम रुकुमका लालबहादुर थापा र भरत चन्दलाई थप उपचारका लागि राति नै नेपालगन्ज पठाइएको छ ।

यस्तै, घाइते जाजरकोट, कालीमाटीका विवश बोहरालाई थप उपचारका लागि शुक्रबार बिहान नेपालगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

जाजरकोट अस्पतालमा चारजना र रिम्नामा दुईजना घाइतेको उपचार भइरहेको छ ।

नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ गइरहेको भे१ख १३२९ नम्बरको यात्रीवाहक बस बिहीबार बेलुका जाजरकोटको भेरी–१, रिम्नस्थित कुइनेउटामा दुर्घटना भएको थियो ।

‘ब्रेकफेल’ भएर बस दुर्घटना भएको अनुमान गरिएको छ ।

जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्न खन्डमा पर्ने सो बाटो कच्ची, साँघुरो र धेरै मोड रहेको छ ।

दुर्घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटरको दूरीमा पर्छ ।