२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


महिला उम्मेदवारको अवस्थाः के भन्छन् महिला मतदाता ? (भिडियो)


0
Shares

स्थानीय तहमा कुनै पार्टीले उम्मेदवारी दिँदा प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, महिलाको प्रतिनिधित्व प्रमुख पदमाभन्दा उपप्रमुखमा बढी रहेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवारीमध्ये २३ दशमलव १८ प्रतिशत महिलाको उम्मेदवारी परेको छ ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा महिलाको उम्मेदवारी न्यून छ ।

प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण उपप्रमुख तथा उपाध्यक्षमात्र महिलाको उम्मेदवारी दिएको देखिन्छ । यसले महिला मतदातालाई निराश र खिन्न बनाएको छ ।

महिलाले पनि देश हाँक्न सक्छन् भन्ने उदाहरण धेरै भएपनि नेपालको सन्दर्भमा भने राजनीतिक दलहरुले विश्वास नगरेकै कारण प्रमुख तथा अध्यक्षमा महिलाको उम्मेदवारी नदिएको महिला मतदाताको भनाइ छ ।

राजनीतिक दलहरुले प्रमुख तथा अध्यक्षमा महिलाको उम्मेदवारी कममात्र दिएर महिलालाई हेर्ने आफ्नो संकुचित मानसिकता देखाएका छन् । सामाजिक संरचना पनि महिलामैत्री नभएकाले यस्तो भएको हुनसक्ने महिला मतदाताको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्