केन्द्रमा बुथ निर्माणलगायतका काम सकिएको हो । यस्तै, केन्द्रको सुरक्षाका लागि चौबिसै घन्टा प्रहरी परिचालन गरिएको छ ।
सुरक्षास्थितिलाई चुस्त राख्न तालिमप्राप्त कुकुरहरुसमेत परिचालन गरिएको थियो ।
नागार्जुन नगरपालिकाका निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बिहान ७ बजेबाट हुने मतदानका लागि आफ्नो क्षेत्रमा सबै तयारी पूरा गरिएको बताए ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान अधिकृतहरु कार्यक्षेत्रमा खटिएका छन् ।
केहीको मतदाता परिचयपत्रमा केही त्रुटि देखिएकाले उनीहरुलाई कसरी मतदानमा सहभागी गराउने भन्ने विषयमा भने अन्योल रहेको मतदान अधिकृतहरुले बताएका छन् ।
निर्वाचन आयोगले निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदाताहरुमा अपिल गरेको छ । मतदाताहरुलेसमेत मत हाल्न आतुर भएको बताएका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।




प्रतिक्रिया दिनुहोस्