Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


परिवर्तनलाई संस्थागत गर्न सरकार प्रयासरत छः अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनलाई संस्थागत गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

माध्यमिक विद्यालय शिक्षक युनियन नेपालको राष्ट्रिय भेलाको आज काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष दाहालले सरकारले राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास गरिरहेको बताएका हुन् ।

उनले शिक्षा र चेतनाबाट मात्र परिर्वतन सम्भव नहुने भन्दै शिक्षालाई सरकारले प्राथमिकतामा राखेको बताए

शिक्षालाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै लैजाने सरकारको नीति रहेको भन्दै दाहालले माध्यमिक तहका शिक्षकका समस्या समाधान गर्न सरकारले पहल गर्ने पनि बताए ।

अध्यक्ष दाहालले सरकारले एक वर्षभित्र राम्रा कामको सुरुआत गरेको दाबीसमेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सरकारको शिक्षा नीति प्रष्ट नभएको आरोप लगाए ।

उनले सरकारको शिक्षालाई सर्वसुलभ वनाउने नीति नारामै सिमित भएको बताए ।

माध्यमिक विद्यालय शिक्षक युनियनको भेलाले शिक्षासम्बन्धी नयाँ आधारपत्र तयार पारेर सरकारलाई बुझाउने छ ।