शनिबार भएको खेलमा गुजरात लायन्सलाई ८ विकेटले पराजित गर्दै हैदरावाद प्लेअफमा पुगेको हो । विजयका लागि १ सय ५५ रनको चुनौती पछ्याएको हैदरावादले १८ ओभर १ बलमा २ विकेट गुमाएर उक्त लक्ष्य पार ग¥यो ।
तेस्रो विकेटका लागि १ सय ३३ रनको अविजित साझेदारी गर्ने क्रममा कप्तान डेभिड वार्नरले ६९ तथा विजय शंकरले ६३ रन जोडे ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो ।
शनिबार भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाईट राईडर्सलाई ९ रनले हरायो । हारका बाबजुद कोलकाता पनि प्ले अफ्मा पुगेको छ ।
खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमाा ५ विकेटको क्षतिमा १ सय ७३ रन बनायो ।
मुम्बईका अम्बाती रायुडुले ६३ रन जोड्दा सौरभ तिवारीले ५२ रनको योगदान दिए ।
जवाफमा १ सय ७४ रनको लक्ष्य पछ्याएको कोलकाताले ८ विकेटको क्षतीमा १ सय ६४ रन मात्रै बनाउन सक्यो ।
आईपीएल क्रिकेटमा आज प्लेअफ समीकरण पूरा हुँदैछ । आज पुने र पञ्जाबबीचको विजेता प्लेअफमा पुग्नेछ ।
आईपिएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आजै दिल्लीले बैंग्लोरसँग खेल्नेछ ।





प्रतिक्रिया दिनुहोस्