काठमाडौं । घूस खाएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।
आयुक्त पाठकले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।
आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँडमा अनियमिततासम्बन्धी उजुरी अगाडी नबढाउने सर्तमा ९३ लाख रुपैयाँ घूस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका हुन् ।
उनले घूस लिएको सार्वजनिक भएपछि संसद्ले समेत छानबिनमा चासो देखाएको थियो । आयुक्तको पाठकको राजीनामापछि पनि उनका बारेमा छानबिन हुने बताइएको छ ।
पाठकले मुद्दा मिलाउन लागेको आरोपमाथि संसद्ले छानबिन गर्न सक्ने भएकाले छानबिन अघि बढाउने तयारी गरेको हो ।
यसअघि सत्तारुढ दलका सांसदहरुले आयुक्त पाठकमाथि महाभियोग लगाउने तयारीसमेत गरेका थिए ।
पाठकले राजीनामा नदिए महाभियोग लगाउने तयारी नेकपाका सांसदहरुको थियो ।
तर उनले राजीनामा दिइसकेपछि अब महाभियोगको औचित्य सकिएकाले थप छानबिन भने गर्न सकिने नेकपाका सांसदहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्