२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


२० बर्षपछि स्थानीय निर्बाचनमा मतदान गर्दा यस्तो देखियो उत्साह(भिडियो हेर्नुहोस)


0
Shares

आज(आइतबार) २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी), निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत, आयोगबाट खटिएका अनुगमनकर्ताले आयोगलाई दिएको जानकारीअनुसार मतदान कार्य उत्साहजनक रुपमा सुरु भएको छ । ज्येष्ठ नागरिक, महिला, अशक्तहरुसमेत बिहानैबाट मतदान कार्यमा उत्साहपूर्वक सहभागी भएका छन् ।

२० बर्षपछि भएको निर्बाचनमा काठमाडौंका विभिन्न स्थानमा मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ । बृद्धबृद्धाहरुलाई डोहोर्‍याएर वा बोकेर भएपनि मतदान स्थलमा ल्याएर मत खसाल्न लगाइएको छ ।