
आयोगले मतदान सकिएलगत्तै मतगणना सुरु हुने जनाएको हो । केही स्थानमा छिटफुट घटनाबाहेक ३४ वटै जिल्लामा शान्तिपूर्ण रुपले मतदान भइरहेको आयोगले जनाएको छ ।
मतदान सकिएलगत्तै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको मतगणना पनि आजै बेलुकाबाट सुरु गरिने आयोजनाले जनाएको छ । आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ ।
निर्देशनअनुसार एउटा वडाको मतगणना सकिएपछि वडाअध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको मत गणना सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्