
चुमनुब्री गाउँपालिका वडा नं १ को उक्त मतदान केन्द्रमा ७१ मतदातामध्ये ७० जनाले मतदान गरेका हुन् । एक मतदाताको भने यसअघि नै मृत्यु भइसकेको थियो ।
स्थानीय शिक्षक निमादोर्जे लामाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान ९ बजे सम्पन्न भएको थियो ।
यस्तै चुमनुब्री गाउँपालिकाको न्याक आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान सकिएको छ । यहाँ ७३ जना मतदाता थिए । (रासस)
प्रतिक्रिया दिनुहोस्