३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


क्यानाडाको प्रधानमन्त्रीको कुर्सीमा तीन वर्षीय बालक ! (फोटो फिचर)


0
Shares

ती वर्षीय ती बालक अरु कोही नभएर प्रधानमन्त्री ट्रुडोकै छोरा हुन् । शनिबार ट्रुडोले आफ्नो छोरालाई कार्यालयमै लगेका थिए ।

व्यस्तताका कारण परिवारलाई समय दिन नसकेको भन्दै उनले शनिबार छोरालाई पनि कार्यालयमा लगेका हुन् ।

सामाजिक संजालमा सक्रिय रहने ट्रुडोले छोरासँगको केही तस्वीर सार्वजनिक गरे । तस्वीरमा प्रधानमन्त्रीको कुर्सीमा ती बालक बसेको समेत देखिन्छ ।

शनिबार प्रधानमन्त्री ट्रुडोको दैनिकी अरु दिनजस्तै व्यस्त नै थियो । त्यो दिन उनले राष्ट्रियस्तरको एउटा बैठक, संसदमा सहभागिता, विश्वविद्यालयको प्रमुखहरुसँग छलफल लगायतका कार्यक्रममा उनी व्यस्त रहे । त्यसका बाबजुद उनले छोरासँग कार्यालयमै लुकीछिपी खेल्न समेत समय निकाले । (एजेन्सी)