२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


आइतबार राजधानीको सडक सुनसान, मतकेन्द्रमा भिड (फोटो फिचर)


0
Shares

राजधानीमा मतदान केन्द्रमा सर्वसाधारणको भिड देखिन्थ्यो भने सडकहरु सुनसान रहे ।

सार्वजनिक सवारी साधन संचालन गर्न रोक लगाइएका कारण पनि राजधानीका मुख्य सडक सुनसान रहेका हुन् ।

सँधै व्यस्त रहने सडकमा आइतबार दिनभर फाट्टफुट्ट सवारी साधन गुडेका थिए ।

मतदान केन्द्रमा भने सर्वसाधारणहरु झुम्मिएका थिए । आफ्नो जनप्रतिनिधि चुन्ने अधिकार प्रयोग गर्नका लागि मतदाताहरु परिवारसहित पुगेका थिए ।

सडकमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले समेत गस्ती गरिरहेको देखिन्थ्यो भने मतकेन्द्रको सुरक्षामा पनि उल्लेख्य सुरक्षाकर्मी तैनाथ थिए ।

तस्वीर : सुदर्शन आचार्य/इमेज