२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


स्थानीय तहमा महिला सहभागिता (भिडियो)


0
Shares

प्रदेश नंं. ३, ४ र ६ मा भएको यस निर्वाचनमा कुल उम्मेदवारको संख्या ४९ हजार ३ सय ३७ रहेकोमा महिला उम्मेदवारी ३९ दशमलव १ सय ८४ अर्थात् १९ हजार ३ सय ३२ रहेको छ ।

त्यसमा पनि नगर प्रमुख तथा गाउँपालिका अध्यक्षमा १५ सय सात अर्थात ८ दशमलव ५७ प्रतिशत र उपप्रमुख तथा उपाध्यक्षमा ११ सय २७ जना अर्थात ८१ दशमलव ४३ प्रतिशत महिला उम्मेदवार रहेका छन् ।

के बृद्धबृद्धा, के अपाङ्गता, सबै उत्तिकै उत्साहका साथ मतदानमा होमिएका छन् । लामो समयपछि हुन लागेको यो निर्वाचन यसै पनि महत्वपूर्ण त छँदै छ, त्यसमाथि स्थानीय तहका लागि दिइएको अधिकारले सिंहदरबारमा केन्द्रीत अधिकारलाई जनताको घरदैलोमै पुर्‍याउने र सुशासनसहितको विकास निर्माणले गति लिने आसामा पनि मतदातामा उत्साह रहेको पाइएको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्