२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


उत्साहजनक रुपमा मतदान सम्पन्न, दुई केन्द्रमा स्थगित


0
Shares

केही मतदान केन्द्र बाहेक समग्रमा मतदान शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । औसतमा ७० प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान पनि आयोगले गरेको छ ।

काठमाडौंमा करिब ७० प्रतिशत मत खसेको छ भने नवलपरासीको नवलपुर क्षेमा ७५ प्रतिशत मत खसेको छ ।

यता, मकवानपुरमा पनि ७० प्रतिशत नै मत खसेको आयोगले जनाएको छ ।

यस्तै स्याङ्जा, नुवाकोट र पर्वतमा ७० प्रतिशत भन्दा बढी मत खसेको जनाइएको छ भने रसुवामा ८१ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि अपराह्न ५ बजे सम्मका लागि मतदानको समय तय गरिएको थियो ।

आइतबार मतदानमा काभ्रेको नमोवुद्ध र दोलखाको मेलुङ गरी दुई वटा मतदान केन्द्रमा मात्रै मतदान स्थगित भएको छ ।