२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


निर्वाचनमा सुरक्षा निकायको भूमिका यस्तो रह्यो (भिडियो)


0
Shares

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सरकारले तीन घेराको सुरक्षा व्यवस्था बनाएको थियो । स्थानीय तह हेरेर सरकारले उच्च, मध्यम र सामान्य सुरक्षा व्यवस्था गरेको थियो । सरकारले ६८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको थियो । गुन्डागर्दी, विष्फोट, आगजनी, उम्मेदवार तथा मतदाताको अपहरण र धाकधम्की लगायत गतिविधि हुन नदिन सरकारले उच्च सुरक्षाको व्यवस्था गरेको हो ।

गृह मन्त्रालयले निर्वाचन हुने जिल्लासहित देशभर सुरक्षा अवस्था राम्रो रहेको भन्दै मतदान प्रक्रियामा सहभागी हुन अपील गरेको थियो । गृहमन्त्रालयले पहिलो चरणको निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएकाले मतदाताहरु बिहानैदेखि ढुक्क भएर मतदान केन्द्रमा पुगेका थिए । मन्त्रालयले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट पैदल र हवाई गस्तीको समेत व्यवस्था गरेको थियो ।

निर्वाचनका लागि नेपाली सेनाबाहेक नेपाल प्रहरी २२ हजार ५ सय ७५, सशस्त्र प्रहरी १७ हजार ३ सय ५६, राष्ट्रिय अनुसन्धान विभागका ३ सय ८३ र म्यादी प्रहरी २२ हजार ६ सय २ जना खटाइएको थियो ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्