Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पञ्जावलाई पराजित गर्दै पुणे आइपीएलको प्लेअफमा


0
Shares

पुणेसँग पराजित भएको पञ्जावको यात्रा भने आइपीएलको यो सिजनमा समाप्त भएको छ ।

टस जितेर पुणेले क्षेत्र रक्षण रोजेपछि ब्याटिङका लागि मैदानमा ओर्लिएको पञ्जावले २० ओभर पनि टिक्न नसकि ७३ रनमा सीमित भयो । पञ्जावले गतिलो सुरुवात गर्न सकेन । प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिल रनको खाता नै नखोली बाहिरिए । १९ रनको स्कोर बन्दासम्म शउन मार्स पनि व्यक्तिगत १० रन बनाउँदै बाहिरिए । त्यसपछि निरन्तर विकेट गुमाउने क्रम जारी रह्यो ।

पञ्जावका लागि अक्षर पटेलले सर्वाधिक २२ रन बनाए भने रिदिमन शाहले १३ र स्वप्निल सिंहले १० रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकको रन बनाउन असफल रहे ।

पुणेका लागि शार्दुल ठाकुरले तीन, जयदेव उनादकट, एडम जाम्पा र डानियल क्रिस्टियनले दुई–दुई विकेट लिए ।

७४ रनको लक्ष्य पाएको पुणेले ४८ बल बाँकी छँदै एक विकेटको क्षतिमा जित हासिल गरेको हो । पुणेको जितमा अजिन्क्य राहाणेले ३४ रनको योगदान गरे । त्यस्तै राहुल त्रिपाठीले २८ र स्टेवन स्मिथले १५ रन बनाए ।

जितसँगै पुणे अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानमा मुम्बई इन्डियन्स कायम रहँदा तेस्रो स्थानमा सनराइजर्स हैदरावाद छ । चौथो स्थानमा कोलकाता नाइट राइडर्स छ ।