२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता, मनाङको चामेमा एमाले विजयी


0
Shares

केही ठाउँको परिणामसमेत आएको छ । मनाङको चामे गाउँपालिका नेकपा एमालेका उम्मेदवार लोकेन्द्र घले २१४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता लामाले १७३ मत ल्याइन ।

ललितपुर महानगरपालिकाको मतगणना पनि जारी छ । प्रारम्भिक नतिजामा ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार अगाडी रहेका छन् ।

कांग्रेसका चिरिबाबु महर्जनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले पछ्याइरहेका छन् । माओबादी केन्द्रका दिपेश महर्जन निकै पछाडी छन् ।

ललितपुरकै महालक्ष्मी नगरपालिका, महाँकाल र कन्ज्योसोम गाउँपालिकामा मतगणना सुरु भएको छ ।

काठमाडौंको शंखरापुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र कीर्तिपुरमा पनि मतगणना भइरहेको छ । शंखरापुर र कीर्तिपुरमा एमाले उम्मेदवार अगाडि देखिएका छन् ।

मतगणना भइरहेका अधिकांश स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ ।

केहीमा कांग्रेसका उम्मेदवार अघि छन् भने केहीमा एमालेका उम्मेदवार अघि देखिएका छन् । अधिकांश स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु तेस्रो स्थानमा छन् ।