
निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये सोमबार बिहान ७ बजेसम्म ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको निर्बाचन आयोगले विज्ञप्ती मार्फत जनाएको छ ।
काठमाडौं उपत्यकामा काठमाडौं महानगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना सुरु भएको छ ।
काठमाडौं महानगरपालिकामा सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी हुँदैछ । यसैगरी, भक्तपुर जिल्लाका स्थानीय तहको मतगणनाको तयारी हुँदैछ ।
वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका आइतबार भएको हो ।
रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिकाहरू हेलिकोप्टरबाट आज बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने क्रम सुरु भएको छ ।
अन्य स्थानीय तहका सम्पूर्ण मतपेटिकाहरु आज बिहानसम्ममा सम्बन्धित मतदान केन्द्रमा ल्याइपुर्याउने जानकारी आयोगले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्