२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु


0
Shares

दुई समूहमा विभाजन गरी मत गन्ने कार्य सुरु गरिएको छ । अहिले एक नम्बर वडाबाट मत गणना सुरु गरिएको छ ।

१ नम्बर वडामा कुल दुई हजार ८९१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा कुल ८३ हजार ५९७ मतदाता रहेको र ९३ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी थाहा नगरपालिकामा पनि मतगणना कार्य बिहानबाट सुरु गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । (रासस)