२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


तीनवटा महानगरपालिकामा मत गणना धमाधम, भरतपुरमा गणनाको तयारी हुँदै


0
Shares

सबैभन्दा चासोको रुपमा हेरिएको काठमाडौं र पोखरा–लेखनाथ महानगरपालिकामा आन्तरिक समस्याका कारण मत गणनामा ढिलाइ भएको थियो ।

ललितपुरमा महानगरपालिकाको मतगणना भने जारी छ । त्यसैगरी भरतपुर महानगरपालिकाको मतगणना पनि केहीबेरमा सुरु गर्ने तयारी भइरहेको छ ।

सर्बदलीय बैठक बस्न ढिलो भएका कारण मतगणना सुरु हुन ढिलो भएको निर्वाचन आयोगले जनाएको छ । संभवत दिउसो २ बजेबाट मतगणना सुरु हुने बताइएको छ ।

मतगणना भइरहेका अधिकांश स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ ।