टोखामा कांग्रेस अगाडि, एमाले पछ्याउँदै « Image Khabar


टोखामा कांग्रेस अगाडि, एमाले पछ्याउँदै


Imagekhabar
१ जेष्ठ २०७४, सोमबार १४:१०

आइतबार साँझदेखि जारी मतगणनामा अधिकारीले ४३९ तथा नेकपा एमालेका प्रकाश अधिकारीले ४२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराए ।

यसैगरी, नेकपा माओवादी केन्द्रकी कल्पना शर्माले ११३ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म एक हजार दुई सय २३ मत गणना भइसकेकामा ३९ मत बदर भएको छ । अहिले वडा नम्बर–१ र २ को मतगणना भइरहेको छ ।

उप्रमुखमा कांग्रेसकी रजनी थापाले ३६०, एमालेका ज्ञानमाया डंगोलले ४४० मत र माओवादी केन्द्रका दीपक बानियाँले १२० मत प्राप्त गरेका छन् ।

कुल २८ हजार एक सय ७४ मतदाता रहेको सो नगरपालिकामा करिब २२ हजार मत खसेको बताइएको छ ।

अब छिट्टै वडा नम्बर–३ को मतगणना गरिनेछ । ११ वडा रहेको सो नगरपालिकामा प्रमुख र उपप्रमुखसहित ५७ जना निर्वाचित हुनेछन् ।

प्रमुखमा १४ र उपप्रमुखमा ९ जनासहित २६१ जनाले उम्मेदवारी दिएका छन् ।

यसअघि, वडा नम्बर–२ र ६ मा दलित महिला सदस्यमा कांग्रेसका प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भइसकेकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्