नुवाकोटको मेघाङ–१ मा एमालेका दलसिंह तामाङको समूह नै विजयी « Image Khabar


नुवाकोटको मेघाङ–१ मा एमालेका दलसिंह तामाङको समूह नै विजयी


Imagekhabar
१ जेष्ठ २०७४, सोमबार १४:१९

आइतबार भएको मतदानको मतपरिणामअनुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी भएका छन् ।

महिला सदस्यमा सुनमायाँ तामाङ ८९, दलित महिला सदस्यमा पद्मकुमारी दमिनी ८६ र खुला सदस्यहरुमा घोसे घले ८७ र पूर्णबहादुर तामाङले ९१ मत ल्याएर विजयी भएका छन् ।

सो गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेले ९०, नेकपा माओवादी केन्द्रले ६१ र नेपाली कांग्रेसले ४६ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको मतगणना जारी रहेकोे निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्