
काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकामा कसले जित हात पार्छ भन्ने सर्वत्र चासो छ ।
अहिलेसम्म चार वटै महानगरको प्रमुखमा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । काठमाडौं, ललितपुर, पोखरा-लेखनाथ र भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार मतपरिणाममा अगाडि देखिएका हुन् ।
आइतबार रातिसम्म माओवादी केन्द्रका उम्मेदवार रणु दाहालले अग्रता लिएको भरतपुरमा बिहान भने एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिएका हुन् ।
भरतपुरमा ज्ञवालीले ६ सय ८५ मत ल्याएका छन् भने दाहालले ५ सय २८ मत ल्याएकी छन् । काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य मतपरिणाममा अग्रस्थानमा छन् ।
उनले २ सय १७ मत प्राप्त गरेका छन् । काठमाडौंमा साझा पार्टीका उम्मेदवार किशोर थापा दोस्रो र नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो स्थानमा छन् भने विवेकशील नेपाली पार्टीकी रन्जु दर्शना चौथो स्थानमा रहेकी छन् ।
उता, पोखरा–लेखनाथ महानगरपालिकाको शुरुवाती नतिजामा एमाले उम्मेदवार मानबहादुर जिसी अग्रस्थानमा रहेका छन् ।
नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको कांग्रेसका उम्मेदवार रामजी कुँवर दोस्रो स्थानमा छन् ।
त्यसैगरी ललितपुर महानगरपालिकाका पनि एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार अग्रस्थानमा छन् ।
ललितपुरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । नेपाली चिरीबाबु महर्जन भने दोस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्