२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


बस भेरी नदीमा खस्यो, चारजनाको मृत्यु, ९ घाइते


0
Shares

जाजरकोट, फागुन २ । बाँकेको नेपालगन्जबाट रुकुमतर्फ जाँदै गरेको एक यात्रीवाहक बस बिहीबार जाजरकोटको रिम्नाबाट भेरी नदीमा खस्दा चारजनाको मृत्यु भएको छ । ९ जना घाइते छन् ।

भे१ख १३२९ नम्बरको बस दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा पठाइएको प्रहरीले जनाएको छ ।

बसमा करिब डेढ दर्जन यात्री सवार रहेको अनुमान गरिएको छ ।