३० जेष्ठ २०८२, शुक्रबार | Sat Jun 14 2025


स्याङजामा तीन दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा, कहाँ को विजयी ?


0
Shares

११ ओटा स्थानीयतह रहेको स्याङ्जामा फेदीखोला गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४ ओटा वडामा एमाले विजयी भएको छ भने एक वडामा अध्यक्ष काँग्रेसले विजयी भएको छ ।

फेदीखोला गाँउपालिकाको एमालेका अध्यक्षका उमेदवार घनश्याम सुवेदीले ३८०६ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी काँग्रेसका उमेदवार तारापति सुवेदीले १७६० मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेकी देविमाया थापा ३४२८ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रत्यासी काँग्रेसका उमेदवार मायादेवी पनेरुले १८०६ मत प्राप्त गरेकी थिइन् ।

५ वडा रहेको फेदीखोलामा वडा नम्वर ३ मा कांग्रेसका कृष्ण वहादुर रानाभाट विजयी भएका छन् भने अरु सवै वडामा एमाले विजयी भएको छ ।

जसमा क्रमश १ ,२, ४ र ५ मा खिमवहादुर क्षेत्री हिमालयजंग वानिया, माधव प्रसाद सुवेदी, देउ कुमारी गुरुङ विजयी भएका छन् ।

५ नगरपालिका र ६ गाँउपालिका रहेको स्याङ्जामा एक गाँउपालिकाको मतगणना सम्पन्न भएको छ भने अन्य गाँउपालिका र नगरपालिकामा मतगणना जारी रहेको छ ।

अहिले सम्म निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नगरपालिकामा भएको मतगणना अनुसार ७ ओटा वडामा काँग्रेस विजयी भएको छ भने ४ ओटा वडामा एमाले विजयी भएका छन् ।

जसअनुसार पुतलीबजारमा वडा नं. १ मा नेकपा एमालेका निर्मल शेरचन र २ मा पनि एमाले कै तिलकराम श्रेष्ठ विजयी भएका छन भने भीरकोट वडा नं. १ मा काँग्रेसका दिपेन्द्र केसी र २ मा एमालेका कमल त्रिपाठी विजयी भएका छ ।

यसै गरी वालिङ नगरपालिकामा वडा नं. १ २, ३ मा काँग्रेसका क्रमश केदार काफ्ले, पोत प्रसाद लम्साल र शुक वहादुर गुरुङ तथा ४ मा एमाले का रनध्वज गुरुङ विजयी भएका छन् ।

गल्याङमा वडा नं. ३ काँग्रेसका महेश भटराई र चापाकोटमा वडा नं. १ र २ कांगे्रस विजयी भएको छ । जस अनुसार क्रमश टिकाराम तिवारी र सुर्य वहादुर सेन रहेका छन् ।

यसैगरी गाउपालिकातर्फ आँधीखोला गाउपालिकामा १ वडामा एमालेका लोकनाथ ढकाल विजयी भएका छन् भने अर्जुनचौपारी गाँउपालिकाल वडा नं. १ एमालेका चित्र वहादुर क्षेत्री विजयी भएको छन् ।

विरुवा अर्चले गाउँपालिका वडा न १ मा नेपाली कांग्रेसका युवराज केसी विजयी भएका छन ।

त्यसैगरी सोही गाउपालिकाको एक वडामा एमाले विजयी भएका छन । भने कालिगण्डकी गाँउपालिका वडा नं. १ मा एमाले विजयी भएका छन् ।

५ नगरपालिकामा ४ नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ भने पुतलीबजार नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

५ गाँउपालिकामा २ गाँउपालिकामा एमालेले अग्रता लिएको छ भने ३ गाँउपालिकामा काँग्रेसले अग्रता लिएको छ ।

पुतलीबजार नगरपालिका

एमालेका मेयर सिमा क्षेत्रीले १२९४, उपमेयर महेश पुरीले १३५८,

काँग्रेसका मेयर तुलसी रेग्मीले १०९८ र उपमेयर हिरा शर्माले १०९१ मत

भीरकोट नगरपालिका

काँग्रेसका मेयर छायाराम खनालले १३१५ उपमेयर सिमा क्षेत्रीले १३६०

एमालेका मेयर सन्तोष केसीले ९५१, उपमेयर सरस्वती अधिकारीले ११६२ मत

वालिङ नगरपालिका

काँग्रेसका मेयर दिलिपप्रताप खाँणले २८१४, उपमेयर कल्पना तिवारीले २७०३,
एमालेका मेयर पुण्यप्रसाद अर्यालले २३८१, उपमेयर खगिसरा थापाले २४३० मत

गल्याङ नगरपालिकामा

काँग्रेसका मेयर लालगोपाल अर्यालले ७५५ उपमेयर खगिसरा भण्डारीले ६०७,
एमालेका मेयर भुपराज अधिकारीले ६४६, उपमेयर देविसरा थापाले ६९१ मत

चापाकोट नगरपालिकामा

काँग्रेसका मेयर शिवकुमार गिरीले १४८९, उपमेयर विमला श्रेष्ठले १३११ मत
एमालेका मेयर बुद्धिमान श्रेष्ठले १०५७, उपमेयर सरस्वती भट्टराईले ८३५ मत

कालिगण्डकी गाउँपालिका
नेकपा एमाले अध्यक्ष १२१७ उपाध्यक्ष १२४५
नेपाली कांग्रेस अध्यक्ष ४७३ उपाध्यक्ष ४१४

अर्जुन चौपारी गाउँपालिका

नेकपा एमाले अध्यक्ष ९५७ उपाध्यक्ष १०३८
नेपाली कांग्रेस अध्यक्ष ८१८ उपाध्यक्ष १०५९

१ लाख ९१ हजार मतदाता संख्या रहेको स्याङ्जामा ११ ओटा स्थानीयतहको निर्वाचनमा करिव ७० प्रतिशत मात्र मत खसेको बताइएको छ । मतपरिणाम सम्पन्न भएपछि वडा, वडामा विजयी र्‍याली निकिालिएको छ ।

जेष्ठ १ गते विहान देखि सुरु भएको मतगणनाको परिणाम आउन अझै दुईदिन लाग्ने बताइएको छ ।