
कांग्रेसबाट वडाध्यक्षमा रामेश्वर मल्ल ९३४ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दीनानाथ सुवेदीले ५६३ मत प्राप्त गरेका छन् ।
वडासदस्यमा कांग्रेसका गौतम बिजुक्छे र बद्री पराजुली तथा महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता सुनार विजयी भएका हुन् । सो वडामा एक हजार ७४० मतदाताले मतदान गरेका थिए ।
मादी गाउँपालिकामा एमाले विजयी
कास्कीको मादी गाउँपालिकाका अध्यक्षमा नेकपा एमालेका वेदबहादुर गुरुङ चार हजार ६३७ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङले तीन हजार ६५३ मत र नेकपा माओवादी केन्द्रकी राधा सापकोटाले ६७४ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा एमालेकी विष्णु पौडेल आचार्य चार हजार ५२३ मत प्राप्त गरी विजयी भएकी छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी प्रभाश्री गुरुङले तीन हजार १३१ र माओवादी केन्द्रकी नन्दश्री गुरुङले एक हजार २०४ मत प्राप्त गरेका छन् ।
१२ वडा रहेको सो गाउँपालिकामा एमालेले वडा नम्बर–१, २, ४, ९, १० र ११, कांग्रेसले ३, ५ र ८ तथा माओवादी केन्द्रले १२ नम्बर वडामा जितेका छन् ।
कुल १३ हजार ५५९ मत रहेको मादीमा ९ हजार ८८० मत खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्