२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


जम्मु– कश्मिरमा चरमपन्थीको भीषण आक्रमण, १८ जना सुरक्षाकर्मी मारिए


0
Shares

काठमाडौं, फागुन २ । भारत प्रशासित जम्मु– कश्मिरमा चरमपन्थीको आक्रमणमा परी कम्तीमा १८ जना सुरक्षाकर्मी मारिएका छन् । ४४ जना घाइते छन् ।

बिहीबार पुलवामा जिल्लामा सुरक्षाकर्मी चढेको गाडीलाई लक्षित गरी चरमपन्थीले आक्रमण गरेका थिए ।

गाडीमा ४० जनाभन्दा बढी सुरक्षाकर्मी सवार थिए ।

सन् २०१६ मा सेनाको क्याम्पमा गरिएको आक्रमणपछि यो सबैभन्दा भीषण आक्रमण हो ।

प्रतिबन्धित चरमपन्थी संगठन जैश–ए–मोहम्मदले आक्रमणको जिम्मेवारी लिएको छ । (एजेन्सी)