३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


धादिङका २९ ओटा वडामा को–को विजयी ?


0
Shares

घोषणा भएका वडामध्ये एमालेले १७ वडा, नेकपा माओवादी केन्द्रले ७ वडा र नेपाली कांग्रेसले ५ वडामा विजय हासिल गरेका छन् ।

धुनीबेसी नगरपालिका–१ मा एमालेका चन्द्र लामा, २ मा बलराम कुँवर, ४ मा हरिप्रसाद उप्रेती, ६ मा कान्छा तामाङ निर्वाचित भएका छन् ।

यसैगरी, वडा नम्बर–५ मा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् ।

वडा नम्बर–३ मा भने पुनः मतगणना सुरु गरिएको छ ।

थाक्रे गाउँपालिका–२ मा एमालेका राजकुमार पौडेल, ४ मा गणेशमान वाइवा, वडा नम्बर–१ मा नेपाली कांग्रेसका इन्द्रबहादुर थापा र वडा नम्बर–३ मा माओवादी केन्द्रका अमित घले निर्वाचित भएका छन् ।

गल्छी गाउँपालिका–१ मा एमालेका पूर्णप्रसाद खतिवडा, २ मा षडानन्द खनाल निर्वाचित भएका छन् ।

गजुरी गाउँपालिका–१ मा एमालेका राजकुमार पण्डित र २ मा चुडामणि कँडेल निर्वाचित भएका छन् ।

बेनीघाट रोराङ–२ मा एमालेका टंककुमार थापा, र वडा नम्बर–१ मा माओवादी केन्द्रका नन्दु तामाङ विजयी भएका छन् ।

सिद्धलेक गाउँपालिका–१ मा एमालेका चन्दप्रसाद सिलवाल, २ मा कमल गुरुङ, ३ मा देवबहादुर पुलामी निर्वाचित भएका छन् ।

ज्वालामूखी गाउँपालिका–१ मा एमालेका रामप्रसाद सिलवाल, २ मा नेपाली कांग्रेसका रणबहादुर शाही विजयी भएका छन् ।

रुबीभ्याली गाउँपालिका–१ मा एमालेका मेन घले र २ मा पेमा घले निर्वाचित भएका छन् ।

नेत्रावती गाउँपालिका–१ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली, २ मा शिव थापा र ३ मा नेपाली कांग्रेसका विजयकुमार पाख्रन निर्वाचित भएका छन् ।

यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिका–७ मा माओवादी केन्द्रका देवराज धरेल निर्वाचित भएका छन् ।

गंगा–जमुना गाउँपालिका–१ मा माओवादी केन्द्रका यमबहादुर तामाङ निर्वाचित भएका छन् ।

खनियाबास गाउँपालिका—१ मा नेपाली कांग्रेसका बुद्धि तामाङ र २ मा टेक तामाङ निर्वाचित भएका छन् ।

नीलकन्ठ नगरपालिका—११ मा माओवादी केन्द्रका गणेश थापा निर्वाचित भएका छन् । रासस