१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता हुनसक्ने अनुमान


0
Shares

पछिल्लो साइबर आक्रमणमा पनि विगतमा उत्तर कोरिया संलग्न रहेको भनिएको साइबर आक्रमणमा प्रयोग गरिएकोजस्तै कम्प्युटर कोडहरु फेलापरेको थियो ।

तर, १५० भन्दा बढी मुलुकमा गरिएको साइबर आक्रमण उत्तरबाटै भएको भनेर ठोकुवा गर्न भने नमिल्ने बताइएको छ । यसबारे उत्तरको औपचारिक प्रतिक्रिया आइसकेको छैन ।

गत शुक्रबार १५० भन्दा बढी मुलुकमा बैंक, अस्पताल र सरकारी कार्यालयका कम्प्युटरहरुमा व्यापक असर गरेको थियो ।

कम्युटरहरु पुनः सामान्य अवस्थामा फर्काउन अनलाइनमार्फत् फिरौती रकम मागिएको थियो ।

चीनले पछिल्लो साइबर आक्रमणबाट आफ्ना विश्वविद्यालयहरुका कम्प्युटहरुमा पहिले अनुमान गरिएजति धेरै प्रभाव नपरेको बताएको छ । (एजेन्सी)