१ असार २०८२, आइतबार | Sun Jun 15 2025


६८ स्थानीय तहमा एमालेको अग्रता कांग्रेस पछ्याउँदै, माओवादी केन्द्र तेस्रो स्थानमा


0
Shares

अहिलेसम्म घोषित ६० स्थानको मत परिणाममा नेकपा एमालेका उम्मेदवारहरु २६ स्थानीय तहको प्रमुखमा विजयी भएका छन् भने नेपाली कांग्रेसका २५ जना उम्मेदवार विजयी भएका छन् ।

त्यसगरी नेकपा माओवादी केन्द्रले १५ स्थानको प्रमुखमा जित हात पारेको छ । दुई जना भने स्वतन्त्र उम्मेदवार स्थानीय तहको प्रमुखमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार काभ्रेको खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कृष्णबहादुर खुलाल र उपाध्यक्षमा पनि एमालेकै रुकमणि गुरुङ विजयी भएका छन् ।

जुम्लाको कनका सुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरवीर राउत विजयी भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी उर्मिला भण्डारी विजयी भएकी छन् ।

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका ओमबहादुर बुढा विजयी भएका छन् । त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेकी चन्द्रकुमारी बुढा विजयी भएकी छन् ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार तेम्वा गुरुङ विजयी भएका छन् । लमजुङको मध्य नेपाल नगरपालिकामा नेपाली कांग्रेसका रमेश पाण्डे विजयी भएका छन् ।

हुम्लाको अदानचुली गाउँपालिकाको अध्यक्षमा एमालेका दल फडेरा विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकी सौमती एन्डी रावल विजयी भएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापा विजयी भएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी करुणा गुरुङ विजयी भएकी छन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका सुधिर पौडेल विजयी भएका छन् ।

काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेमबहादुर तिमल्सिनासहितको पुरै प्यानल विजयी भएको छ ।

स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा एमालेका खिलनारायण मानन्धर विजयी भएका छन् भने उपाध्यक्षमा पनि एमालेकै धनमाया पराजुली निर्वाचित भएकी छन् ।

पर्वतको महासिला गाउँपालिका प्रमुखमा एमालेका राजु पौडेल र उपप्रमुखमा हिरादेबी थापा विजयी भएका छन् ।

रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र लम्साल विजयी भएका छन् । यस्तै, सिन्धुपाल्चोकको गोलन्जर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पुष्प कार्की विजयी भएका छन् ।

रुकुमको मुसीकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका देवीलाल गौतम प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनार विजयी भएका छन् ।

दैलेखको नारायण नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका रत्नबहादुर खड्का र एमालेकी सावित्री मल्ल विजयी भएकी छन् ।

रसुवाको गोसाईकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार केसाङ नोर्वु तामाङ र उपाध्यक्षमा पनि एमालेकै करग्याल्मु तामाङ श्रेष्ठ विजयी भएका हुन ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका डम्बरबहादुर जिसी र उपाध्ययमा पनि कांग्रेसकै मीना राना विजयी भएकी छन् ।

जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवलसिंह रावल र उपाध्यक्षमा एमालेका जन्मकन्या खत्री विजयी भएकी छन् ।

गोर्खाको चुमब्री गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ र उपाध्यक्षमा माओवादीकी केन्द्रकी कुमारी गुरुङ विजयी भएकी छन् ।

जुम्लाको पातारासी गाउँपालिकामा कांग्रेसका लक्ष्मण बोहोरा उपाध्यक्षमा कांग्रेसकै पूर्णकली महतरा विजयी भएकी छन् ।

सल्यानको ढोरचौर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चित्रबहादुर चलाउने र उपाध्यक्षमा पनि एमालेकै पुष्पा बोहोरा विजयी भएकी छन् ।

ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्षमा एमालेका रामचन्द्र दाहाल र उपाध्यक्षमा कमला तामाङ विजयी भएकी छन् ।

सल्यानको दार्मा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निमबहादुर केसी र उपाध्यक्षमा टीका शर्मा वली विजयी भएकी छन् ।

तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दुर्गाबहादुर थापा विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका विमला थापा विजयी भएकी छन् ।

कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा पनि एमालेका बेदबहादुर गुरुङ र उपाध्यक्षमा एमालेकै विष्णुमाया आचार्य पौडेल विजयी भएकी छन् ।