२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


तीन महानगरमा एमालेको अग्रता, ललितपुरमा कांग्रेस अगाडि


0
Shares

काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य १ हजार ८३ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ७ सय ४० मत प्राप्त गरेका छन् ।

त्यसैगरी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ५ सय १ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ३ सय ८५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा भने नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।

उनले अहिलेसम्म ५ हजार ३ सय ८२ मत प्राप्त गरेका छन् । त्यसैगरी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार ५ हजार ३ सय ६३ मत ल्याएका छन् ।

पोखरा महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जिसीले ४८५१ र कांग्रेसका रामजी कुँवरले ४५८९ मत प्राप्त गरेका छन् ।

उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली २ हजार ५९ मतसहित अहिलेसम्म अग्रस्थानमा छन् ।

नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १ हजार ६ सय २९ मत प्राप्त गरेकी छन् ।

काठमाडौं जिल्लाका अन्य १० नगरपालिकामा भने ६ वटामा नेपाली कांग्रेस र ४ वटामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।