१ असार २०८२, आइतबार | Sun Jun 15 2025


धादिङमा एमाले-कांग्रेस संगसंगै, रुवीभ्यालीमा राप्रपा


0
Shares

-शंकर श्रेष्ठ/ईमेज

जिल्लामा १३ स्थानीय तह छन् । ६ वटामा नेकपा एमाले र ६ वटा वडामा नेपाली कांग्रेस अगाडि देखिएका छन् भने रुवीभ्याली गाउँपालिकामा राप्रपा झिनो मतले अगाडि लागेको छ ।

निलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस मेयरका उम्मेदवार भीमप्रसाद ढुङ्गाना र उपमेयरमा नेकपा माओवादी केन्द्रका मनराज भण्डारीले अग्रता हासिल गरेका छन् ।

धुनिबेसी नगरपालिकामा नेकपा एमालेका बालकृष्ण आचार्य र एमालेकै निरु खरेल अग्रस्थानमा छन् ।

नेकपा एमालेले सिद्धलेक, गल्छी, थाक्रे, बेनिघाट रोराङ, गजुरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा अग्रता हासिल गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले खनियाबास, त्रिपुरासुन्दरी, ज्वालामुखी, नेत्रावती र गंगाजमुनामा अग्रता हासिल गरेको छ ।

जिल्लामा रहेका १०४ वडा मध्ये अहिलेसम्म ५६ वडाको मतगणना सकिएको छ । एमाले ३१, कांग्रेसले १४, माओवादीले ९ र राप्रपा २ वटा वडामा विजय भएका छन् । मत गणना जारी छ ।