१ असार २०८२, आइतबार | Mon Jun 16 2025


दस्तखत नभएका मतपत्र फेला


0
Shares

सो विषयमा दलहरुबीचमा विवाद भएपछि स्थानीय दलका प्रतिनिधिले छलफल गरी सो वडाको मतगणना पुनः गर्ने समझदारी कायम गरिएको हो ।

मतदान अधिकृत गजेन्द्रबहादुर सिंहले वडा नम्बर–२ को गणनाकाक्रममा मतदान अधिकृतको दस्तखत नहुनु आफ्नो कर्मचारीबाट त्रुटि भएको स्वीकार्दै त्यस क्षेत्रको मतगणना पुनः गरिने गरी अहिले वडा नम्बर–३ र ४ को गणना गरिएको जानकारी दिए ।

कुल मतदाता २८ हजार १०३ रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार ६३३ मत खसेको थियो । जम्मा ५२ पदका लागि भएको निर्वाचनमा २६४ जना उम्मेदवारबीच प्रतिस्पर्धा छ ।

यसैबीच, वडा नम्बर–१ मा एमालेको समूह विजयी भएको छ । वडाध्यक्ष पदमा नेकपा एमालेका हर्ष महर्जनले ८०४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हीरालाल महर्जनले ६५९ मत प्राप्त गरेका छन् ।

सदस्यमा एमालेका क्रमशः सुमन पोखरेल, धनबहादुर महर्जन र सुनिता महर्जन निर्वाचित भएका छन् । सो वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन । रासस