
कैलाश गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टंकबहादुर मोक्तान दुई हजार ८०२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकबहादुर मोक्तानले दुई हजार ३५९ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै शुकुमाया थिङले दुई हजार ८०० मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मीरा राउतले दुई हजार ४२५ मत प्राप्त गरिन् ।
यसैगरी, इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा एमालेका जीवन गोलेले तीन हजार २०४ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विश्व लामाले दुई हजार २७३ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेका उमाकुमारी लामाले तीन हजार १९० मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मी डंगोलले दुई हजार ८१ मत प्राप्त गरिन् ।
इन्द्रसरोवर–१ मा कांग्रेस तथा बाँकी चारओटै वडामा एमाले पुरै समूहसहित विजयी भएको छ ।
इन्द्रसरोवर–१ को वडाध्यक्षमा कांग्रेसका जमानसिंह वाइवा ७६४ मत ल्याइ विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका झमकलाल बलामीले ३६२ मत प्राप्त गरे ।
वडा नम्बर–२ को वडाध्यक्षमा एमालेका राजुमान महर्जन ५५१ मत ल्याइ विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुमन श्रेष्ठले ४५४ मत प्राप्त गरे ।
यस्तै, वडा नम्बर–३ को वडाध्यक्षमा एमालेका चिरञ्जीवी पौडेल ९७९ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका राजकुमार भ्लोनले ६४९ मत प्राप्त गरे ।
वडा नम्बर–४ को वडाध्यक्षमा एमालेका धनवीर स्यान्तानले ६९९ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हरिकुमार लामाले १६० मत प्राप्त गरे ।
यस्तै, वडा नम्बर–५ को वडाध्यक्षमा एमालेका धनराज महर्जन ५२८ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका राजन लामाले ४२२ मत प्राप्त गरे ।
यसैगरी, मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेका विदुर हुमागाइँ तीन हजार ८१४ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दोर्जे लामाले तीन हजार ६५२ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै हर्कमाया रुम्बा तीन हजार ७१७ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मन्दिरा केसीले तीन हजार ७०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्