१ असार २०८२, आइतबार | Mon Jun 16 2025


काभ्रेको खानीखोला गाउँपालिका प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवारको जित


0
Shares

खुलालले दुई हजार २३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ)ले एक हजार ६४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, गुरुङले दुई हजार १३० मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी तारादेवी आचार्यले एक हजार ५९६ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, सो गाउँपालिकाको वडाध्यक्षहरुमा वडा नम्बर–१ र ४ मा माओवादी केन्द्र, वडा नम्बर–२, ३, ५ र ६ मा एमाले र वडा नम्बर–७ मा नेपाली कांग्रेस विजयी भएको छ । रासस