१ असार २०८२, आइतबार | Mon Jun 16 2025


बेनी नगरपालिकाको प्रमुखमा कांग्रेसका श्रेष्ठ विजयी, उपप्रमुखमा राप्रपाको जित


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा तीन हजार ९९५ मत प्राप्त गरेर राप्रपाकी सञ्जु बरुवाल विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले तीन हजार ९६१ मत प्राप्त गरेकी छन् ।

१८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकामा १३ हजार १२८ मत खसेको थियो ।

बेनपाको १० ओटा वडामध्ये आठओटाको अध्यक्षमा एमाले, एउटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

एमालेका टेकबहादुर रावल वडा नम्बर–१ मा, हिराबहादुर थापा वडा नम्बर–२, गोविन्द पौडेल वडा नम्बर–४, लक्ष्मण बानिया वडा नम्बर–५ मा, कृष्णबहादुर बानिया वडा नम्बर–६ मा, राजेन्द्र श्रेष्ठ वडा नम्बर–७ मा, रामकृष्ण बराइली–८ मा, बेलबहादुर चोखाल–९ मा निर्वाचित भएका छन् ।

बेनपा–१० मा कांग्रेसका रिम रोका र ३ मा स्वतन्त्र उमेदवार पदम पुन वडाध्यक्षमा निर्वाचित भएका छन् । रासस