२ असार २०८२, सोमबार | Mon Jun 16 2025


११३ स्थानको परिणाम सार्वजनिकः कांग्रेस ४६, एमाले ४३ र माओवादी २० मा विजयी (नामावली)


0
Shares

अहिलेसम्म घोषित ११३ स्थानको मतपरिणाममा नेपाली कांग्रेसले ४६ र नेकपा एमालेले ४३ स्थानीय तहको प्रमुखमा जित हासिल गरेका छन् ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रले २० स्थानको प्रमुखमा जित दर्ता गरेको छ ।

राप्रपाले एक र नयाँ शक्ति पार्टी नेपालले एक स्थानमा प्रमुख जितेका छन् ।

दुईजना स्वतन्त्र उम्मेदवार पनि स्थानीय तहको प्रमुखमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा सन्तोष केसी २ हजार ९२२ मत तथा उपाध्यक्षमा कांग्रेसकै सीता केसी २ हजार ८१४ मत ल्याएर विजयी भएका छन् ।

लमजुङको दूधपोखरी गाउँपालिकामा कांग्रेसका छपीमाया गुरुङ २ हजार ४१३ मतसहित प्रमुख र माओवादी केन्द्रका शान्तिमाया तामाङ १ हजार ७५६ मत ल्याएर उपप्रमुखमा विजयी भएका छन् ।

सुर्खेत बराहताल गाउँपालिकामा प्रमुखमा कांग्रेसका तेजबहादुर बस्नेत ३ हजार २२१ तथा उपप्रमुखमा शोभाकुमारी शर्मा ३ हजार ३२२ मत ल्याइ विजयी भएका छन् ।

धादिङको नेत्रावती गाउँपालिका प्रमुखमा एमालेका दुर्गा शाक्य विजयी भएका छन् ।

धादिङको रुवीभ्याली गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका चेरुङ तामाङ १ हजार ४८४ मतसहित अध्यक्षमा विजयी भएका छन् । प्रमुखमा राप्रपाकै बिना लामाले १ हजार ४ सय ९ मत ल्याएर विजयी भएकी छन् ।

रसुवाको पार्वतीकुन्ड गाउँपालिकामा नयाँ शक्तिका बुर्चुङ तामाङ प्रमुखमा निर्वाचित भएका छन् । उपप्रमुखमा भने एमालेकी नवीना तामाङ विजयी भएकी छन् ।

बाग्लुङको निसी खोला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा तारानाथ शर्मा २ हजार ७३७ मतका साथ विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसकै उम्मेदवार विजयी भएकी छन् ।

तनहुँको आबुखैरनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा गिरबहादुर थापा तथा उपप्रमुखमा पुष्पादेवी श्रेष्ठ विजयी भएकी हुन् ।

यस्तै, धादिङको खनियावास गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा रणबहादुर तामाङ १ हजार ६ सय ४६ तथा उपप्रमुखमा कांग्रेसकै माया तामाङ १ हजार ६ सय ५५ मत ल्याएर विजयी भएका हुन् ।

बाग्लुङको काठेखोला गाउँपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा अमर थापा तथा उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री विजयी भएका छन् ।

जाजरकोटको भेरी नगरपालिकामा एमालेका चन्द्रप्रकाश घर्ती प्रमुखमा र एमालेकै भावना भण्डारी उपप्रमुखमा विजयी भएका छन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा एमालेका धनबहादुर कार्की ३ हजार १२६ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा एमालेकै पार्वती सुनुवार ३ हजार २१४ मतका साथ विजयी भएकी छन् ।

यस्तै, पर्वतको फलेवास नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा पदमपाणि शर्मा र उपप्रमुखमा मञ्जु अधिकारी विजयी भएका छन् ।

म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठ ५ हजार ६ सय ८५ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा भने राप्रपाकी सन्जु बडाल विजयी भएकी छन् ।

म्याग्दीकै मालिका गाउँपालिकामा नेपाली कांग्रेसका श्रीप्रसाद रोक्का २६०६ मतका साथ विजयी भएका छन् भने उपप्रमुखमा एमालेका थरमाया विचालु विजयी भएकी छन् ।

नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा नारायणप्रसाद पाण्डे ३ हजार ९० मतका साथ विजयी भएका छन् । उनले एमालेका कृष्णप्रसाद लामिछानेलाई पराजित गरे ।

उपप्रमुखमा पनि कांग्रेसकै ईश्वरी उप्रेतीले ३ हजार ३ सय ५५ मत ल्याएर विजयी भएकी छन् ।

काभ्रेको तिमाल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा सलामसिंह लामा ३ हजार ९ सय ३७ र उपप्रमुखमा दुर्गा लामा ३ हजार ६ सय २८ विजयी भएका हुन् ।

हुम्लाको नाम्खा गाउँपालिकामा माओवादी केन्द्रका विष्णुबहादुर तामाङ प्रमुखमा विजयी भएका छन् ।

गोरखाको गन्डकी गाउँपालिकामा कांग्रेस विजयी बनेको छ । प्रमुखमा होमबहादुर राना ४ हजार १ सय ६४ मत ल्याइ विजयी भएका हुन् भने उपप्रमुखमा पनि कांग्रेसकै लीला अधिकारी विजयी भएकी छन् ।

धादिङको धुनिबेसी नगरपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा बालकृष्ण आचार्य ६ हजार ६ सय ४४ मत ल्याइ विजयी भए भने उपप्रमुखमा पनि एमालेकै निरु खरेल ६ हजार ६सय १ मत ल्याएर विजयी भइन् ।

जुम्लाको गुठीचौर गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा हरिबहादुर भण्डारी र उपप्रमुखमा दानवी ऐरी विजयी भएका हुन् ।

यसैगरी, हिमा गाउँपालिकामा पनि माओवादी केन्द्रका प्रमुखमा रजबहादुर शाही र उपप्रमुखमा हिमाली रोकाया विजयी भएका छन् ।

सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा मानबहादुर डाँगी २ हजार ७ सय ६५ मत ल्याएर विजयी भएका छन् ।

उपप्रमुखमा पनि कांग्रेसकै करुणा खड्का २ हजार ६ सय ४५ मत ल्याइ विजयी भइन् ।

दैलेखको ठाँटीकाँध गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा धीरबहादुर शाही १ हजार ९ सय २४ मतसहित विजयी भएका छन् ।

एमालेकै सुस्मिता सिंह १ हजार ९ सय ७८ मत ल्याएर विजयी भएकी छन् । दुबै पदमा कांग्रेसका उम्मेदवार पराजित भएका छन् ।

दोलखाको वैत्येश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा छवी लामा ७ हजार १ सय २९ मतसहित विजयी भएका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रका रविचन्द्र आचार्य ७ हजार ५ सय ११ मत ल्याएर विजयी भएका छन् ।

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा कमल नेपाल २ हजार ७ सय ६१ मतसहित विजयी भएका हुन् ।

उपप्रमुखमा हेमगंगा मोक्तान २ हजार ८ सय ५२ मत ल्याएर विजयी भएकी हुन् ।

रसुवाको नौकुन्ड गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा नोर्बुु स्याङ्बो लामा २ हजार ३ सय १ मतसहित विजयी भएका हुन् ।

उपप्रमुखमा भने एमालेकी सिर्जना लामा १ हजार ६ सय ९ मत ल्याएर विजयी भएकी छन् ।

मकवानपुर इन्द्रसरोवर गाउँपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा जीवन लामा विजयी भएका हुन् ।

यसैगरी, मकवानपुरकै कैलाश गाउँपालिकामा पनि एमालेकै टंकबहादुर मोक्तान २ हजार ८ सय २ मत ल्याइ प्रमुखमा विजयी भएका छन् । उनले कांग्रेसका लोकबहादुर मोक्तानलाई हराएका हुन् ।

उपप्रमुखमा पनि एमालेकै सुकमाया लामाले २८०० मत पाएर जित हासिल गरिन् ।

दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा सूर्यबहादुर शाही २ हजार ७ सय ७३ मत ल्याएर विजयी भएका हुन् ।

उपप्रमुखमा एमालेकै तारा शाही २ हजार ९ सय ५४ मत ल्याएर विजयी भएकी छन् ।

बाग्लुङको गलकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा भरत गैरे ५ हजार ८ सय १५ मतसहित विजयी भएका हुन् ।

उपप्रमुखमा कांग्रेसकै रेणुका काउछा ६ हजार ९९ मत ल्याएर विजयी भएका छन् ।

धादिङको सिद्धलेक गाउँपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा प्रेमनाथ सिलवालले ५ हजार ६ सय ७ मत ल्याएर कांग्रेसका बद्री अर्याललाई पराजित गरेका हुन् । उपप्रमुखमा एमालेकै कमला शर्मा विजयी भएकी छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका युवराज कुँवर विजयी भएका छन् । उपप्रमुखमा भने नेकपा एमालेका सगुन गुरुङ निर्वाचित भएका छन् ।

मुगुको कार्मारोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा विजयी भएका छन् । उपप्रमुखमा भने नेकपा एमालेका छिरिङ तामाङ विजयी भएकी छन् ।

रामेछापको उमाकुन्ड गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका शेरबहादुर सुनुवार विजयी भएका छन् । उपप्रमुखमा भने नेपाली कांग्रेसकी उर्मिला कार्की विजयी भएकी छन् ।

मकवानपुरको बागमती गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका सर्केस घलान विजयी भएका छन् ।

बाग्लुङको निसीखोला गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तारानाथ पौडेल विजयी भएका छन् । उपप्रमुखमा पनि कांग्रेसकै शोभा कार्की विजयी भएकी छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका खड्गबहादुर सुनुवार विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै राधिका श्रेष्ठ विजयी भएकी छन् ।

रुकुमको त्रिवेणी गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद घर्ती विजयी भएका छन् । उपप्रमुखमा पनि माओवादी केन्द्रकै निर्मला खड्का विजयी भएकी छन् ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका छत्रबहादुर लामा विजयी भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसकै मायादेवी न्यौपाने विजयी भएकी छन् ।

त्यसैगरी, रसुवाको कालिका गाउँपालिकाको प्रमुखमा नेकपा एमालेकी सीता पौडेल र उपप्रमुखमा पनि एमालेकै भवानी न्यौपाने विजयी भएका छन् ।

यस्तै, दैलेखको भैरवी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका प्रेमबहादुर बुढा विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै पदमा विष्ट विजयी भएकी छन् ।

त्यसैगरी, दैलेखकै महावु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही र उपप्रमुखमा एमालेकी प्रेमकुमारी बुढा विजयी भएका छन् ।

सुर्खेतको चिङगाड गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका देवबहादुर चन्द विजयी भएका छन् ।

हुम्लाको सिमकोट गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर लामा निर्वाचित भएका छन् ।

मकवानपुरको गढी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका विदुर हुमागाइँ र उपप्रमुखमा हर्कमाया रुम्बा विजयी भएका हुन् ।

सिन्धुलीको ह्याङ्लेस गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जगतबहादुर भोलन विजयी भएका छन् ।

सिन्धुलीकै हरिहरपुरगढी गाउँपालिकाकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका कार्साङ लामा विजयी भएका छन् ।

जुम्लाको तातोपानी गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका नवराज न्यौपाने विजयी भएका छन् । उपप्रमुखमा पनि माओवादी केन्द्रकी गंगादेवी उपाध्याय विजयी भएकी छन् ।

दोलखाको जिरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका टंक जिरेल विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै कृष्णकुमारी बुढाथोकी विजयी भएकी छन् ।

नवलपरासीको बुलिङटार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटी विजयी भएका छन् ।

त्यसैगरी, नवलपरासीकै हुप्सेकोट गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे विजयी भएकी छन् ।

बाग्लुङको ताराखोला गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका प्रकाश घर्ती विजयी भएका छन् । उपप्रमुखमा पनि माओवादी केन्द्रकी दिलकुमारीपुन विजयी भएकी छन् ।

काभ्रेको खानीखोला गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्णबहादुर खुलाल र उपप्रमुखमा पनि एमालेकै रुकमणि गुरुङ विजयी भएका छन् ।

जुम्लाको कनका सुन्दरी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नरवीर राउत विजयी भएका छन् । उपप्रमुखमा पनि कांग्रेसकी उर्मिला भण्डारी विजयी भएकी छन् ।

डोल्पाको त्रिपुरा–सुन्दरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका ओमबहादुर बुढा विजयी भएका छन् ।

त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै चन्द्रकुमारी बुढा विजयी भएकी छन् ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार तेम्बा गुरुङ विजयी भएका छन् ।

लमजुङको मध्य नेपाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमेश पाण्डे विजयी भएका छन् ।

हुम्लाको अदानचुली गाउँपालिकाको प्रमुखमा एमालेका दल फडेरा विजयी भएका छन् । प्रमुखमा पनि एमालेकै सौमती एन्डी रावल विजयी भएकी छन् ।

तनहुँको बन्दीपुर गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापा विजयी भएका छन् । उपप्रमुखमा पनि माओवादी केन्द्रकी करुणा गुरुङ विजयी भएकी छन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिकाको प्रमुखमा एमालेका सुधीर पौडेल विजयी भएका छन् ।

काभ्रेको बेथानचोक गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रेमबहादुर तिमल्सिनासहितको पुरै प्यानल विजयी भएको छ ।

स्याङ्जाको हरिनास गाउँपालिकाको प्रमुखमा एमालेका खिलनारायण मानन्धर विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै धनमाया पराजुली निर्वाचित भएकी छन् ।

पर्वतको महासिला गाउँपालिका प्रमुखमा एमालेका राजु पौडेल र उपप्रमुखमा हिरादेवी थापा विजयी भएका छन् ।

रसुवाको उत्तरगया गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र लम्साल विजयी भएका छन् ।

यस्तै, सिन्धुपाल्चोकको गोलन्जर गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पुष्प कार्की विजयी भएका छन् ।

रुकुमको मुसीकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका देवीलाल गौतम प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनार विजयी भएका छन् ।

दैलेखको नारायण नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका रत्नबहादुर खड्का र उपप्रमुखमा एमालेकै सावित्री मल्ल विजयी भएकी हुन् ।

रसुवाको गोसाइकुन्ड गाउँपालिकाको प्रमुखमा एमाले उम्मेदवार केसाङ नोर्वु तामाङ र उपप्रमुखमा पनि एमालेकै करग्याल्मु तामाङ श्रेष्ठ विजयी भएका छन् ।

नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको प्रमुखमा कांग्रेसका डम्बरबहादुर जिसी र उपप्रमुखमा पनि कांग्रेसकै मीना राना विजयी भएका छन् ।

जुम्लाको सिंजा गाउँपालिकाको प्रमुखमा कांग्रेसका देवलसिंह रावल र उपप्रमुखमा एमालेका जन्मकन्या खत्री विजयी भएका छन् ।

गोरखाको चुमब्री गाउँपालिकाको प्रमुखमा कांग्रेसका धनबहादुर गुरुङ र उपप्रमुखमा माओवादीकी केन्द्रकी कुमारी गुरुङ विजयी भएका छन् ।

जुम्लाको पातारासी गाउँपालिका प्रमुखमा कांग्रेसका लक्ष्मण बोहरा र उपप्रमुखमा कांग्रेसकै पूर्णकली महतरा विजयी भएका छन् ।

सल्यानको ढोरचौर गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका चित्रबहादुर चलाउने र उपप्रमुखमा पनि एमालेकै पुष्पा बोहरा विजयी भएका छन् ।

ललितपुरको महांकाल गाउँपालिकाको प्रमुखमा एमालेका रामचन्द्र दाहाल र उपप्रमुखमा कमला तामाङ विजयी भएका छन् ।

सल्यानको दार्मा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका निमबहादुर केसी र उपप्रमुखमा टीका शर्मा वली विजयी भएका छन् ।

तनहुँको देवघाट गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका दुर्गाबहादुर थापा विजयी भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका विमला थापा विजयी भएकी छन् ।

कास्कीको मादी गाउँपालिकाको प्रमुखमा पनि एमालेका वेदबहादुर गुरुङ र उपप्रमुखमा एमालेकै विष्णुमाया आचार्य पौडेल विजयी भएका छन् ।