सल्यानमा तीन गाउँपालिका र ५७ वडाकोे नतिजा सार्वजनिक « Image Khabar


सल्यानमा तीन गाउँपालिका र ५७ वडाकोे नतिजा सार्वजनिक


Imagekhabar
३ जेष्ठ २०७४, बुधबार १८:३३

बुधबार साँझसम्म तीन गाउँपालिका र ५३ वडाको मतपरिणाम सार्वजनिक गरिएको छ ।

दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित भएका छन् ।

केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा ती हजार ६९५ मत प्राप्त गरी विजयी भएका हुन् ।

यसैगरी, दार्मा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द, २ मा माओवादी केन्द्रका डिल्ली केसी, ३ मा माओवादी केन्द्रका सेतीराम रोका, ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, ५ मा माओवादी केन्द्रका दुर्गा मल्ल र ६ मा माओवादी केन्द्रका रामबहादुर केसी विजयी भएका छन् ।

यसैगरी, ढोरचौर गाउँपालिका अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने विजयी भएका छन् ।

उनले एक हजार ९२५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेका पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी भएकी छन् ।

ढोरचौर गाउँपालिका–१ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत, २ मा माओवादी केन्द्रकै रुद्रबहादुर वुढथोकी, ३ मा नेकपा एमालेका शालिकराम बुढाथोकी र ५ मा नन्दलाल बोहरा विजयी भएका छन् ।

वडा नम्बर–४ मा भने कांग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको हो र त्यसबाट कांग्रेसका दिनेश बिएम विजयी भएका छन् ।

यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मानबहादुर डाँगी दुई हजार ७६५ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसका करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गरी विजयी भएकी छन् ।

त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री, २ मा नेपाली कांग्रेसका मेघराज खड्का, ३ मा कांग्रेसकै हुकमप्रसाद महतरा, ४ मा कांग्रेसकै छविराज शर्मा, ५ मा एमालेका डिल्लीबहादुर बोहरा र ६ मा कांग्रेसका मानबहादुर वली विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्