२ असार २०८२, सोमबार | Mon Jun 16 2025


कीर्तिपुर–३ मा एमाले प्यानलै विजयी


0
Shares

वडाध्यक्षमा राजेन्द्र महर्जन ७११ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल श्रेष्ठले ६९९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, विजयी सदस्यमा मिलन महर्जन, ज्ञानप्रसाद महर्जन, नन्ददेवी महर्जन र रुकु विश्वकर्मा छन् ।

पछिल्लो मतपरिणामअनुसार नगरपालिका प्रमुख पदका उम्मेदवार एमालेका रमेश महर्जन दुई हजार ४७५ मतका साथ अग्रस्थानमा छन् ।

नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी दुई हजार ३६५ मतका साथ दोस्रो स्थानमा छन् ।

उपप्रमुख पदमा एमालेका उम्मेदवार सरस्वती खड्का दुई हजार ३४० मतका साथ पहिलो स्थानमा र कांग्रेसका विमला विष्ट दुई हजार ७० मतका साथ दोस्रो स्थानमा छन् । रासस