२ असार २०८२, सोमबार | Mon Jun 16 2025


काठमाडौं र भरतपुर महानगरमा एमालेको अग्रता, ललितपुरमा कांग्रेस अगाडि, पोखरामा कडा प्रतिस्पर्धा


0
Shares

ललितपुर महानगरपालिकाको प्रमुखमा भने कांग्रेस र एमालेका उम्मेदवारबीच अघिपछि हुने क्रम चलिरहेको छ ।

पछिल्लो परिणाम अनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य ७ हजार १ सय ३६ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ५ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् । 

त्यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ९ हजार ४ सय ३२ मतसहित अग्रता लिएका छन् ।

कडा प्रतिस्पर्धा भईरहेको ललितपुरमा एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ९ हजार २ सय ७८ मत प्राप्त गरेका छन् ।

उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ६ हजार ८ सय मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रकी रेणु दाहालले भने ५ हजार ८९ मत प्राप्त गरेकी छन् ।

यसैगरी पोखरा महानगरपालिकामा पनि कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ ।

त्यहाँका कांग्रेस उम्मेदवार रामजी कुँवरले ९ हजार १ सय ८६ मत प्राप्त गर्दा एमाले उम्मेदवार मानबहादुर जिसीले ८ हजार ८ सय २९ मत ल्याएका छन् ।