
पछिल्लो परिणाम अनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले पछ्याइरहेका छन् ।
त्यसैगरी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले र साझा पार्टीका किशोर थापा पनि पछि पछि छन् ।
त्यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।
कडा प्रतिस्पर्धा भईरहेको ललितपुरमा एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले पछ्याइरहेका छन् ।
उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले धेरै मतले अघि छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले पछ्याइरहेकी छन् ।
यसैगरी पोखरा लेखनाथ महानगरपालिकामा पनि कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ ।
त्यहाँका एमाले उम्मेदवार मानबहादुर जिसी भन्दा कांग्रेस उम्मेदवार रामजी कुँवरले अगाडि देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्